मेलमिलापकर्ता तालिम सम्पन्न

पाेखरा | पुस १५, २०७९

मेलमिलापकर्ता तालिम सम्पन्न

पोखरा:  पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित  मेलमिलापकर्ता सम्बन्धी आधारभुत तालिम बिहिबार सम्पन्न भएको छ । 


आठ दिनसम्म सञ्चालन भएको तालिमको उच्च अदालत पोखराका मुख्यन्यायधिश डिल्लिराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । तालिम समापन कार्यक्रममा बोल्दै उहाँले मेलमिलाप विवाद समाधानको उत्तम उपाय भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले असर र पारर्दशी रुपमा काम गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘न्यायधिशले दिने न्याय प्रयोगात्मक हुन्छ । मेलमिलापकर्ताले दिने व्यवहारीक हुन्छ ।’


उहाँले डिग्रीको सिक्र्रीले नभई व्यवहार र अनुभवको आधारमा मेलमिलापकर्ताले व्यवहार गर्नुपर्छ भन्नुभयो । मुख्य न्यायधिश आचार्यले तालिम लिएका मेलमितापकर्ताहरुले असर कार्य गर्ने विश्वास ब्यक्त गर्नुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।


पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले न्यायिक समितिको अगका रुपमा मेलमिलापकर्ता रहने भएकाले विवाद समाधानमा महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले विवाद समाधानमा तालिमबाट सिकेको विषयवस्तुलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा महानगर न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठले न्यायिक समितिको बारेमा बोल्नुभएको थियो ।तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


आठ दिनसम्म सञ्चालन भएको तालिममा महानगरका ३३ वटा वडाका ७० जनाको सहभागीता रहेको थियो  ।वडा तहका विवादलाई समाधान गर्ने उद्देश्यले मेलमिलापकर्ताका लागि तालिम सञ्चालन गरिएको महानगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । तालिम प्राप्त मेलमिलापकर्ता नभएका र पाँच जना भन्दा कम भएका वडाबाट नाम माग गरेर तालिम सञ्चालन गरिएको हो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्